६ जेष्ठ २०८१, आइतबार

कोरोना संक्रमणबाट सप्तरीमा १ पुरुषको मृत्यु

प्रकाशित मिति :  16 September, 2020 1:55 pm


काठमाडौं,३१ भदौ । सप्तरीमा कोरोना भाइरस संक्रमणबाट एक पुरुषको मृत्यु छ । मृगौलाको समस्या भएका ३५ वर्षीय पुरुषको बुधबार कोरोना संक्रमणबाट मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मृत्यु भएका सप्तरीको खडक नगरपालिका ३ पुरुषलाई सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा पीसीआर परिक्षण गर्दा भदौ २८ गते नै कोरोना भाइरस कोभिड १९ को संक्रमण पुष्टि भएको थियो ।

मंगलवार बिहान पौने ११ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । मृगौलाको समस्या भएर विगत एक वर्षदेखि सातामा दुई पटक डायलासिस गराइरहेका उनमा उच्च रक्तचापको पनि समस्या रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !