६ जेष्ठ २०८१, आइतबार

पत्रकार सहित गण्डकी प्रदेशमा थप ५ जना कोरोना संक्रमित

प्रकाशित मिति :  16 September, 2020 3:04 pm


काठमाडौं,३१ भदौ । एक जना पत्रकारसहित गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण प’ष्टि भएको छ । ब’धबार पोखराका एक पत्रकार सहित सहित ३ जिल्लाका ५ जनामा कोरोना संक्रमण प’ष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा स्याङ्जाको पुतलीबजार १३ घर भई पोखरा ४ मा बस्दै आएका पत्रकार र कास्की जिल्ला, पोखरा महानगरपालिका(६ का २ जना पुरुष पर्यटक प्रहरी रहेका छन् ।

तनहुँ जिल्ला, सुक्लागण्डकी(१० का २८ बर्षीय पुरुष कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा छन् । नवलपुर कावासोती(८ का संक्रमित ह्याम्स अस्पताल, काठमाडौँमा उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै संक्रमित हुने पोखराका पत्रकार गोविन्द सुवेदीले आफ्नो फेसबुकमा स्टाटस लेख्दै अहिले अवस्था सामान्य रहेको बताएका छन् । सुवेदीले लेखेका छन् ः ज्वरो आएपछि स्वाव दिएँ । रिपोर्ट आउँदासम्म धेरै सुधार भइसकेको छ । सम्पूर्ण शुभेच्छुक र शुभचिन्तक ज्युहरुमा ढुक्क रहन आग्रह गर्दछु । कोरोनालाई छिट्टै जित्ने छु । तै पनि जो जो नजिक रहनुभयो सुरक्षित रहनुहोला ।

नयाँ पत्रिकाको लागि पोखराबाट काम गर्ने सुवेदी रेडियो बाराहीमा पनि काम गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !