६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

प्रकाशित मिति :  18 September, 2020 1:49 pm


काठमाडौं,२ असोज । गण्डकी प्रदेशमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक पुरुषको मृत्यु भएको छ । चितवन र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लाका ५६ जनामा पोजेटिभ देखिएको हो ।

कोरोना पुष्टि हुनेमा नवलपुरका ३४, कास्कीका १७, तनहुँका ४ र स्याङ्जाका १ जना छन् । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३३ सय ३६ पुगेको छ । तीमध्ये १९ सय ७५ जना निको भएका छन् ।

गण्डकीमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका ११ का ३१ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

चितवन मेडिकल कलेजमा भदौ २५ गते भर्ना भएका ती पुरुषलाई जटिल खालको स्वासप्रश्वास तथा मृगौलाको समस्या रहेको थियो । ती पुरुषमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

जटिल खालको श्वासप्रश्वास र मृगौलाको समस्या भएका उनी २५ भदौमा चितवन मेडिकल कलेज भर्ना भएका थिए । २६ भदौमा ती पुरुषमा कोरोना पुष्टि भएको थियो ।यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !