१४ बैशाख २०८१, शुक्रबार

आज थपिए २ हजार २० जना संक्रमित

प्रकाशित मिति :  18 September, 2020 4:35 pm


काठमाडौं, २ असोज । 

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरिएको पीसीआर परीक्षणमा २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको भई ८ सय ७१ जना डिस्चार्ज भएका छन् । शुक्रबारसम्म निको भई डिस्चार्ज हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।त्यस्तै आज कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

५ सय  भन्दा बढी संक्रमित भएको जिल्ला

मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् ।

संक्रमित शुन्य  भएको जिल्ला

सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, , मुगु र हुम्ला रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !