६ जेष्ठ २०८१, आइतबार

कोरोना संक्रमणबाट काठमाडौं उपत्यकामा हाल सम्मकै धेरै ८५९ जना संक्रमित

प्रकाशित मिति :  18 September, 2020 5:16 pm


काठमाडौं २ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा पनि हाल सम्मकै धेरै ८५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले बताए।

जसअनुसार काठमाडौंमा २१६ महिला र ४८२ पुरुष, भक्तपुरमा ४८ महिला र ३४ पुरुष, ललितपुरमा ३२ महिला र ४७ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यो सहित अहिले सम्म उपत्यकामा कोरानाबाट संक्रमित हुनेको संख्या १५ हजार २ सय ३८ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !