६ जेष्ठ २०८१, आइतबार

कोरोना संक्रमणबाट एक नेपाली सेनाको मृत्यु

प्रकाशित मिति :  20 September, 2020 1:44 pm


Medical workers in protective clothing move a body to a refrigerated overflow morgue outside the Wyckoff Heights Medical Center in Brooklyn on Thursday.

काठमाडौं, ४ असोज । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट एक नेपाली सैनिकको मृत्यु भएको छ ।

काठमाडौं उपत्यकाभित्र कार्यरत सैनिकको भदौ २९ गते उपचारको क्रममा मृत्यु भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए। मृत्य’ भएपछि उनको कोरोना रिपोर्ट पोजेटिभ आएको पौडेलले बताए ।

रामेछाप घर भएका ३४ वर्षीय नेपाली सेनाका ती जवान लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार गराइरहेका थिए ।

अहिलेसम्म नेपाली सेनामा कार्यरत २ हजार ५६ जनामा कोभिड संक्रमण १९ पुष्टि भइसकेको छ । जसमध्ये ४ सय १ जना निको भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस !