६ जेष्ठ २०८१, आइतबार

देशभर १३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

प्रकाशित मिति :  20 September, 2020 5:09 pm


काठमाडौ, ४ असोज ।

पछिल्लो २४ घण्टामा देशभर थप १३ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा १३ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ भने अहिले सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९६६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४६ हजार २३३ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुनेको संख्या १० पुगेको छ भने देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ४सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कहाँ कति  सङ्क्रमित ?

प्रदेश नं १ को उदयपुरमा १, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, झापामा ३, मोरङमा ६३ तथा सुनसरीमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० तथा सिरहामा १८ जनामा कोरोना देखिएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाडौँमा ६०२, काभ्रेपलाञ्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१, मकवानपुरमा २४, सुन्धुलीमा १, ललितपुरमा ६४ तथा सिन्धुपाल्चोकमा ३ जनामा कोरोना पुष्टि भएको छ । यस्तै गण्डकी प्रदेशको कास्कीमा ३०, गोरखामा २, तनहुँमा १, बागलुङ १, स्याङ्जामा १ तथा लमजुङमा १८ जना कोरोना सङ्क्रमितको भेटिएका छन् ।

यसैगरी प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, दाङमा ३, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ तथा रोल्पामा १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए । कर्णाली प्रदेशको सुर्खेतमा २९ तथा कालिकोटमा १ जनालाई कोरोना सङ्क्रमण भएको छ । सुदूरपश्चिम प्रदेशको कैलालीमा १२, अछाममा १० तथा बझाङमा १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ कोरोना सङ्क्रमितको थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेका छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ६१६ पुगेको छ । काठमाडौँमा १३ हजार ६१६, ललितपुरमा एक हजार ५४८ तथा भक्तपुरमा एक हजार ४५२ जना कोरोना भइरसबाट सङ्क्रमितको भएका छन् ।

१० जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष तथा ६ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या४११ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका ७६ वर्षीय पुरुष, काठमाडौँका ८२ वर्षीय पुरुष तथा ४० वर्षीया, ६० वर्षीया र ६३ वर्षीया महिला, ललितपुरकी ७५ वर्षीया महिला, भक्तपुरकी ७२ वर्षीया महिला, चितवनका ८० वर्षीय पुरुष, रुपन्देहीका ६७ वर्षीय पुरुष र पाल्पाकी ४० वर्षीया महिला रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !