६ जेष्ठ २०८१, आइतबार

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  21 September, 2020 2:33 pm


काठमाडौं,५ असोज । गण्डकी प्रदेशमा आइतबार ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ३७ जनामा कोरोना पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित हुनेमा कास्कीका २०, लमजुङका १५ र तनहुँका २ जनामा कोरोना पुष्टि भएको हो । योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४ सय ३९ पुगेको छ । तीमध्ये २१ सय १३ जना निको भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ३२ जना संक्रमितको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६र६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १र१ जना रहेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !