६ जेष्ठ २०८१, आइतबार

कोरोना संक्रमणबाट ताप्लेजुङकी एक महिलाको मृत्यु

प्रकाशित मिति :  21 September, 2020 3:06 pm


काठमाडौं,५ असोज । ताप्लेजुङकी एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ । मोरङको बूढीगङ्गास्थित शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

ताप्जेजुङ जिल्लाकी ३७ वर्षीया महिलाको विराट मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत रहँदा आज बिहान ११ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले बताए ।

उच्च रक्तचाप र कलेजोसम्बन्धी दीर्घ रोग भएकी महिलालाई गत भदौ २९ गते कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३० गते मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको थियो । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !