६ जेष्ठ २०८१, आइतबार

देशभर थप ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

प्रकाशित मिति :  21 September, 2020 4:50 pm


काठमाडौं,५ असोज । 

पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ५४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ९ हजार ५ सय ३३ नमुना परीक्षण गर्दा ११ सय ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २सय ३८ पुगेको छ ।

देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्य’ ह’नेको संख्या ४ सय २७ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कहाँ कति संक्रमित भेटिए ?

प्रदेश १ मा इलाममा १, उदयपुरमा १, झापामा २, मोरङमा १०७ र सुनसरीमा ११ जना कोरोना संक्रमित भेटिएका छन् । प्रदेश २ मा धनुषामा २, पर्सामा ५, बारामा १, महोत्तरीमा १४, रौतहटमा २९, सप्तरीमा ४७, सर्लाहीमा ७, सिराहामा ४ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बागमती प्रदेश अन्गर्तग काठमाडौंमा ५३८, काभ्रेमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा ७४, मकवानपुरमा ३, ललितपुरमा ६२, सिन्धुपाल्चोकमा १ र सिन्धुलीमा २ जना कोरोना संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशमा १८, नवलपरासी पूर्वमा २, पर्वतमा १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश ५ मा अर्घाखाँचीमा ७, कपिलवस्तुमा ९, नवलवरासीमा २४, पाल्पामा ४, प्यूठानमा ७, बाँकेमा १०, रुकुमपूर्वमा ९ र रुपन्देहीमा १८ जना संक्रमित थपिएका छन् । कर्णाली प्रदेशको दैलेखमा ९, रुकुम पश्चिममा २ र सुर्खेतमा २८ जना संक्रमित थपिएका छन् ।

सुदूरपश्चिमको अछाममा ३, कञ्चनपुरमा ७, कैलालीमा ३७, डडेल्धुरामा ४, डोटीमा १, बझाङमा १६, बाजुरामा १ र बैतडीमा २ जना संक्रमित थपिएका छन् ।



प्रतिक्रिया दिनुहोस !