६ जेष्ठ २०८१, आइतबार

काठमाडौं महानगरमा ५११ सहित उपत्यकामा थपिए ६४७ जना संक्रमित

प्रकाशित मिति :  22 September, 2020 4:50 pm


काठमाडौ,६असोज । पछिल्लो २४ घण्टामा काठमाडौं महानगरमा ५सय ११ जना सहित उपत्यकामा थप ६ सय ४७ जना कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार आइतबार काठमाडौंमा ५सय ११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३७ पुगेको छ।



प्रतिक्रिया दिनुहोस !