६ जेष्ठ २०८१, आइतबार

देशभर थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

प्रकाशित मिति :  23 September, 2020 4:40 pm


काठमाडौं,७ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ सय ७२ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा ९ हजार ४ सय ४९ नमुना परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ६७ हजार ९सय ४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार ८ सय ९३ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ४९ हजार ९सय ५४ पुगेको छ ।

देशभर ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ३४ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !