१४ बैशाख २०८१, शुक्रबार

सल्यानका विद्यालय निर्मलीकरण गरिँदै

प्रकाशित मिति :  23 September, 2020 8:27 pm


सल्यान,७ असोज ।

सल्यानका स्थानीय पालिकाहरूले क्‍वारेन्टाइन हटाएर विद्यालय निर्मलीकरण गर्न सुरु गरेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशन बमोजिम विद्यालय हातामा सञ्चालित क्‍वारेन्टाइन हटाएर निर्मलीकरण गर्न थालिएको हो।

क्वारेन्टाइनमा बसेका सबै घर फर्किएपछि खाली भएका क्‍वारेन्टाइन निर्मलीकरण थालिएको हो। निर्मलीकरण थालिएको भएपनि विद्यालय कहिलेदेखि संचालन गर्ने भन्ने विषय भने छलफलमै रहेको छ ।

सल्यानमा १ सय ५५ विद्यालयमा क्‍वारेन्टाइन र आइसोलेसन निमार्ण गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !