६ जेष्ठ २०८१, आइतबार

बुटवलमा कोरोना संक्रमणबाट थप २ पुरुषको मृत्यु

प्रकाशित मिति :  24 September, 2020 2:03 pm


काठमाडौं, ८ असोज ।  बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जना कोरोना संक्रमित मृत्यु भएको छ । बिहीबार बिहान पश्चिम नवलपरासी र कपिलवस्तुका पुरुष मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जानकारी दिएको छ । मृतक दुवै जनाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका– ३ का ४९ वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको हो । उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए ।

त्यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको आजै बिहान ७ बजे मृत्यु भएको छ । उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेको अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !