६ जेष्ठ २०८१, आइतबार

देशभर थप १३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

प्रकाशित मिति :  25 September, 2020 4:52 pm


काठमाडौं,९असोज । पछिल्लो २४ घण्टामा देशभर थप १३ सय १३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १२ हजार २ सय ६२ नमुना परीक्षण गर्दा १३ सय १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १८ हजार २ सय १९ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ७० हजार ६सय १४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार ५ सय ५५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५१ हजार ८सय ६६पुगेको छ ।

देशभर ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !