६ जेष्ठ २०८१, आइतबार

फोर्स मोटर्सको अफर : ९ महिनासम्म किस्ता ब्याज नपर्ने वा १० लाखसम्म छुट

प्रकाशित मिति :  26 September, 2020 1:07 pm


काठमाडौँ, १० असोज ।

फोर्स मोटर्सको नेपालका लागि आधिकारिक वितरक आयाम इन्टरकन्टिनेन्टल प्रालिले दसैं र तिहारको अवसरमा दसैं आशिर्वाद उपहार योजना सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्सक्रुजर जिप खरिदमा ९ महिनासम्म किस्ता व्याज तिर्न नपर्ने, ९ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने, अथवा स्क्र्याच कुपन मार्फत २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न सक्नेछन् ।

ट्रयाक्स कार्गोकिङ पिक अपको खरिदमा ८ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, ५ लाख ५० हजार रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत १ लाखदेखि ५ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर ग्राहकले रोज्न पाउने बताइएको छ ।

२६ सिट भएको ट्राभलर मिनीबसको खरिदमा ७ महिनासम्म किस्ता ब्याज तिर्न नपर्ने, १२ लाख रुपैयाँ मात्र डाउन पेमेन्टमा गाडी निकाल्न मिल्ने अथवा स्क्र्याच कुपन मार्फत २ लाख देखि ६ लाख रुपैयाँसम्म पक्का मध्ये कुनै एक अफर रोज्न पाइने आयाम इन्टरकन्टिनेन्टलले जनाएको छ ।

बिगत ७ वर्षदेखि फोर्स मोटर्सले नेपालमा आफ्नो आधिकारिक आयत कर्तारविक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरुको विक्रि वितरण गर्दै आइरहेको छ । कम्पनीले सबै भन्दा धेरै सिट क्षमताको जिप (१४ सिट) र ३ बर्ष वा ३ लाख किमिको इन्जिन वारेन्टि भएको मर्सिडिज बेन्ज इन्जिन जडित जिप तथा पिकअप, डेलिभरी भ्यान, बस आदि गाडीहरुको आयात तथा विक्रि वितरण गर्दै आएको हिमालय अर्गनाइजेसनका महाप्रवन्धक मनोज इटनीले जानकारी दिए ।

आयाम इन्टरकन्टिनेन्टलले काठमाण्डौंको गैह्रिधारा, पोखराको चाउथे, सुन्सरीको इटहरी, मकवानपुरको हेटौंडामा आफ्नै शोरुम संचालनमा ल्याएको छ । स्थानीय डिलरको रुपमा चितवनको भरतपुरमा, झापाको विर्तामोडमा, धनुषाको जनकपुरमा डिलर मार्फत फोर्सको विभिन्न मोडेलका गाडिहरु बिक्री वितरणमा ल्याइरहेको छ । यी शोरुममा बिक्री पछिका सेवाहरु सहितको सुविधा रहेको इटनीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !