६ जेष्ठ २०८१, आइतबार

देशभर थप १२ सय ७ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

प्रकाशित मिति :  26 September, 2020 4:38 pm


काठमाडौं,१० असोज ।

पछिल्लो २४ घण्टामा देशभर थप १२ सय ७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १० हजार १९ नमुना परीक्षण गर्दा १२ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

अहिलेसम्म जम्मा संक्रमितको संख्या ७१ हजार ८सय २१ पुगेको मन्त्रालयले जनाएको छ भने  पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट १ हजार १ सय ४७ जना डिस्चार्ज भएका छन ।  हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ८जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

कहाँ कति थपिए ?

उदयपुर १, झापा ७, भोजपुर २, मोरङ ७८, सुनसरी २३, सोलुखुम्बु १ जना संक्रमित थपिएका छन् । त्यस्तै धनुषामा ४, पर्सामा २४, बारामा ४, महोत्तरीमा ४, रौतहटमा ६, सप्तरीमा ११, सर्लाहीमा ४, सिराहामा १ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँमा ५८३, काभ्रेमा १७, चितवनमा १२, दोलखामा १, धादिङमा ७, नुवाकोटमा २, भक्तपुरमा ६३, मकवानपुरमा १७, रामेछापमा ७, ललितपुरमा ७८, सिन्धुपाल्चोकमा ४, सिन्धुलीमा पनि १५ जना कोरोना संक्रमित थपिएका छन् ।
कास्कीमा १०, गोरखामा ३, तनहुँमा ४, नवलपरासी पूर्वमा १, लमजुङमा १, बागलुङमा १, स्याङ्जामा ४ जनामा थप कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै अर्घाखाँचीमा २, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा २८, नवलपरासीमा १०,पाल्पामा ३, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रुपन्देहीमा ७३ र रोल्पामा ६ जना कोरोना संक्रमित थपिएका छन् । सल्यानमा १, अछाममा १३, कञ्चनपुरमा १, डोटीमा १५, दार्चुलामा ५, बाझाङमा २, बैतडीमा १ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !