६ जेष्ठ २०८१, आइतबार

देशभर थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

प्रकाशित मिति :  27 September, 2020 4:31 pm


काठमाडौं,११ असोज ।  पछिल्लो २४ घण्टामा देशभर थप १५ सय ७३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १० हजार १ सय २३ नमुना परीक्षण गर्दा १५ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या ७३ हजार ३ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट ८ हजार ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ ।

देशभर ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । त्यस्तै  २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ४ सय ७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !