८ बैशाख २०८१, शनिबार

बिहीबार सुनको मुल्य प्रतितोला २ सयले घट्यो

प्रकाशित मिति :  1 October, 2020 12:30 pm


काठमाडौं,१५ असोज । नेपाली बजारमा बुधबार सुनको मुल्य प्रतितोला २ सयले घटेको छ ।  आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले बढेर ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुनको प्रतितोला ९४ हजार ७०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै बुधबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ९०मा कारोबार भइरहेका थियो भने आज प्रतितोला १५ रुपैयाँले बढेर तोलाको १ हजार १सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आइरहेको उतारचढावको प्रत्यक्ष असर नेपालमा परेको व्यवसायीहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !