४ जेष्ठ २०८१, शुक्रबार

बाँकेमा काेराेना संक्रमणबाट सुत्केरीकाे मृत्यु

प्रकाशित मिति :  4 October, 2020 1:00 pm


बाँके, १८ असाेज । 

बाँकेकाे काेहपुर मेडिकल शिक्षण अस्पतालमा उपचारत एक सुत्केरीकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । भीमदत्त्र नगरपालिका २ महेन्द्रनगर कन्च्चनपुर निवासी २९ वर्षीय सुत्केरीकाे उपचारका क्रममा अाज बिहान मृत्यु हाे ।

अस्पतालका अनुसार सेती प्रादेशिक अस्पताल धनगढीमा जुम्ल्याहा बच्चा जन्माएपछि उच्च रक्तश्रावका कारण पाठेघरकाे शल्यकृया गरी रगत दिँदापनि स्वास्थ्यमा सुधार नअाएपछि थप उपचारका लागि उनलाइ काेहलपुर शिक्षण अस्पतालमा सिफारिस गरिएकाे थियाे ।

सेती प्रादेशिक अस्पतालका अनुसार यही असाेज १४ गते गरिएकाे स्वाव परीक्षणमा काेराेना संक्रमण देखिएकाे सिफारिस पत्रमा उल्लेख गरिएकाे छ । बेहाेस अवस्थामा काेहलपुर अस्पताल भर्ना गरिएकाे उनकाे अाज बिहान मृत्यु भएकाे हाे ।



प्रतिक्रिया दिनुहोस !