१७ बैशाख २०८१, सोमबार

नेप्से १४ अंकले बढ्याे, ३ अर्बभन्दा माथि काराेबार

प्रकाशित मिति :  4 October, 2020 3:48 pm


काठमाडाैं, १८ असाेज । 

साताकाे पहिलाे दिन अाइतबार नेप्से परिसुचक १४ बढेकाे छ । साताकाे पहिलाे काराेबारकाे दिन नै नेप्से परिसुचक १४.७१ अंकले बढेकाे हाे ।बजार खुलेकाे केही समय अाेरालाे लागे पनि अन्तिममा सुधार भइ नेप्से परिसुचक १,५८५ अंक पुगेर काराेबार बन्द भएकाे छ ।

आइतबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.७८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकिङ्ग, व्यापार, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२१ प्रतिशत घटेको छ भने हाइड्रोपावरको १.१८ प्रतिशत घटेको छ

युनियन हाइड्रोपावर, दिव्यश्वरी हाइड्राेपावर र खानीखाेला हाइड्राेपावरको शेयरमूल्य भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनियनको शेयरमूल्य यस दिन १२ रुपैयाँ घटेर ११० रुपैयाँ, दिव्यश्वरीकाे ११ रूपैयाँ घटेर १०४ रूपैयाँ र खानीखाेलाकाे ११ रूपैयाँ घटेर १०६ रूपैयाँमा अन्तिम कारोबार भएको छ।

 

 

 



प्रतिक्रिया दिनुहोस !