२० बैशाख २०८१, बिहिबार

जुम्लाका किसानलाई मार्सी धान भित्र्याउन चटारो

प्रकाशित मिति :  4 October, 2020 7:40 pm


vnªuf,!* c;f]hM ls;fgnfO{ wfg leqofpg r6f/f] h’Dnfsf] rGbggfy gu/kflnsf – @ sf ls;fg df;L{ wfg emf/b} . ;dod} dg;’g ;’? eP klg ut jif{sf] t’ngfdf o; jif{ $) k|ltzt wfg pTkfbg sd ePsf] s[ifs atfpF5g . tl:a/ M ljho /fjt÷/f;;

जुम्ला, १८ असोज
जुम्लाका किसानलाई कालीमार्सी धान भित्र्याउन चटारो भएको छ ।

जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको स्थानिय किसान लक्ष्मी कुमाइले बताइन् ।

जुम्लाका किसानले लगाएकोे प्राय सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको छ ।

जुम्लामा दुई हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको कालीमार्सीको स्वादको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ । राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्याउने गरेको यहाँका ज्येष्ठ नागरिकहरु बताउँछन् ।

करिब ७०० वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको विश्वास गरिन्छ । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र हराइसकेको छ । मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ । यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन । स्वादिलो, आडिलो र स्वस्थकर हुन्छ । मार्सी धानको चामल खैरो रङ्गको हुन्छ ।

खैरो देखिने भएकाले कसैकसैले यसलाई रातो चामल पनि भन्छन् । उच्च रक्तचाप, मधुमेहलगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले शहरमा यसको माग पनि बढी नै हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !