३० बैशाख २०८१, आइतबार

जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ बाँडफाँड

प्रकाशित मिति :  6 October, 2020 2:09 pm


काठमाडौं, २० असोज । जनरल इन्स्योरेन्स कम्पनीको आइपीओ आज बाँडफाँड भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लिमिटेडको हलमा बाँडफाँड गरिएको हो । गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा दुई लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् भने बाँकी पाँच लाख २१ हजार ५ सय ४६ जनाको हात खाली भएको छ ।

कम्पनीका अनुसार आइपीओमा कुल ७ लाख ९६ हजार ७३४ आवेदकबाट २ करोड १४ लाख ५९ हजार ३७० कित्ताका लागि आवेदन परेको थियो । परेका आवेदनमध्ये २१८८ जनाबाट ४८ हजार ६४० कित्ताका लागि आएको आवेदन रितपूर्वक नभएका कारण रद्ध गरिएको क्यापिटलले जनाएको छ ।

आइपीओ खरीदका लागि १० देखि १० हजार कित्तासम्म माग गर्ने सबैलाई एउटै समूहमा राखी गोलाप्रथाबाट १० कित्ताको दरले सेयर बाँडफाँड गरिएको हो । जसमध्ये कुल २ लाख ७३ हजार आवेदकले १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले असोज ११ गते आइतबारबाट असोज १४ गते बुधबारसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये एक लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, एक लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !