५ जेष्ठ २०८१, शनिबार

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १०१७ कोरोना संक्रमित

प्रकाशित मिति :  6 October, 2020 4:54 pm


काठमाडौं, २० असोज
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना गरी जम्मा १ हजार १७ जना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर थप ९ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा २३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।



प्रतिक्रिया दिनुहोस !