२३ बैशाख २०८१, आइतबार

एक बाेतल रक्सीकाे मूल्य दुइ कराेड !

प्रकाशित मिति :  23 November, 2019 10:00 pm


काठमाडाैं, ८ असार

विश्वकै सबैभन्दा महंगाे रक्सी कति रूपैया पर्छ हाेला? याे प्रश्न रक्सी नखानेका लागि पनि उत्तिकै महत्वपूर्ण प्रश्न हाे । अनाैठाे कुरा याे छ की विश्वकाे सबैभन्दा महंगाे २ कराेड २४ लाख रूपैया रहेकाे छ ।

यसाे रक्सी पिउनु स्वास्थका लागि हानिकारक मानिन्छ । यसका बावजदु विश्वका प्रसस्त मासिन रक्सी पिउने गर्छन् । प्रतिबन्ध र सजायको डरले केही व्यक्ति लुकेर पिउने गर्छन् भने केही खुलेआम पिउने गर्छन् । रक्सीको मूल्य पिउने मानिसको हैसियत अनुसार पनि निर्धारण हुने गर्छ । ठूला–ठूला दिग्गजहरु आफ्ना पाहुनालाई महँगो रक्सीले स्वागत गर्छन् । ताकी उनीहरुकिो रवाफ बढोस् । विश्वमा धेरै महँगा रक्सीहरु पनि हुने गर्छ ।

यहाँ विश्वकै पाँच महंगा रक्सीकाे बारेमा जानकारी दिने काेसिस गरिएकाे छ ।

१.टकिला ले ९२५ः

जुन बोतलमा यसलाई राखिन्छ, त्यसमा ६४०० हीरा जडित हुन्छ । यसको लन्च सबैभन्दा पहिले मेक्सिकोले गरेको थियो । तर यो रक्सी हालसम्म पनि कसैले किनेका छैनन् । त्यसैले यसको खास मूल्य निर्धारण गर्नमानै कठिनाई परेको छ ।

२.अममांड डी ब्रिगनेक मीडासाः
यसलाई विश्वकै सर्वाधिक महँगो स्याम्पियन मध्येमा मानिएको छ । यसको बोतलको ठूलो आकार उच्च मूल्यको ठूलो कारण मानिएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी रहेको छ ।

३.डीभा भोड्काः
यसको स्वाद नङ पालिसको जस्तो आउछ । यसको बोतल भित्र स्वरोस्कीको क्रिष्टल राखिएको हुन्छ । यी क्रिष्टलहरुलाई पेयमा मिलाएर पनि पिउन सकिन्छ ।

४. डेमलर ६२
यसलार्ई विश्वकै महँगो ह्विस्की मानिएको छ । यो यती महँगो छ कि हालसम्म यसको केबल १२ बोतल मात्रै बनाइएको छ । यसको मूल्य २ करोड २४ लाख रुपैयाँ भन्दा पनि बढी भएको बताइएको छ ।

५.पेनफोल्ड्स एम्पुलः
यो सबैभन्दा महँगो रेड वाइन हो । कलमको आकार जस्तो देखिने बोलतमा राखिएको यो रक्सीको मूल्य १ करोड ७७ लाख रुपैयाँ पर्न जान्छ ।

(एजेन्सी)



प्रतिक्रिया दिनुहोस !