१४ बैशाख २०८१, शुक्रबार

देशभर थप ५००८ जनामा संक्रमण पृष्टि

प्रकाशित मिति :  10 October, 2020 4:31 pm


काठमाडौं, २४ असोज ।

पछिल्लो २४ घण्टामा ५  हजार ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । याे सँगै नेपालमा काेराेना संक्रमण हुनेकाे संख्या १ लाख ५ हजार ६८४ पुगेकाे छ । त्यस मध्ये ६१४ जनाकाे मृत्यु भइसकेकाे  छ ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा थप ५ हजार ८ जनामा  संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । २४ घण्टामा थप १४ जनाकाे मृत्यु भएकाे छ ।

त्यस्तै पछिल्लाे २४ घण्टामा १ हजार २ सय २९ जना डिस्चार्ज भएका छन् । याे सँगै काेराेना मुक्त हुनेकाे संख्या ७४ हजार २ सय ५२ रहेकाे छ । हाेस अाइसाेलेसनमा  रहनेकाे संख्या १७ हजार १६४ रहेकाे छ । त्यस्तै संस्थातग अाइसाेलेसनमा १३ हजार ६५४ जना रहेका छन् ।

संक्रिय संक्रमितकाे संख्या ३० हजार ८१८ रहेकाे छ । २४ घण्टामा थपिएका मध्ये सबै भन्दा धेरै काठमाडाैंमा रहेका छन् । त्यस्तै छ सय भन्दा धेरै संक्रमित भएका जिल्लामा माेरङ, सुनसरी, काठमाडाैं, भक्तपुर, ललितपुर, चितवन, बाँके, रुपन्देही र सुर्खेत रहेका छन् । संक्रमण मुक्त हुने जिल्लामा मनाङ र मुस्ताङ रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !