६ जेष्ठ २०८१, आइतबार

महोत्तरीमा ४ संचारकर्मीलाई कोरोना संक्रमण

प्रकाशित मिति :  13 October, 2020 1:44 pm


काठमाडौं, २७ असोज । महोत्तरीमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको संख्या आठ पुगेको छ । मंगलबार एकैदिन थप ४ जना सञ्चारकर्मीमा कोभिड–१९ संक्रमण प’ष्टि भएपछि संक्रमित संचारकर्मीको संख्या ८ पुगेको हो । यसअघि ४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

आज कोरोना संक्रमण पुष्टि भएका चारैजना बर्दिवासस्थित रेडियो सुनगाभामा कार्यरत सञ्चारकर्मी हुन् । निकेश खनाल, सरस्वती भुजेल, मनोज थापामगर र आशा तोलङ्गेले आपूmमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताए । चार दिनअघिदेखि सामान्य टाउको दुख्ने र ज्वरो आउने लक्षण भएपछि स्वाब परीक्षण गराउँदा ४ जनालाई सङ्क्रमण पुष्टि भएको रेडियो सुनगाभाका प्रबन्धक निकेश खनालले जानकारी दिए ।

यसअघि राससकर्मी गोपालप्रसाद बराल र कान्तिपुरकर्मी सुनिता बराल पिसिआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अहिले ‘होमआइसोलेसन’मा छन्। यसैगरी अन्नपूर्णकर्मी राजकरण महतो र न्यूज–२४ का ललनकुमार मण्डलमा कोभिड–१९ पुष्टि भएको थियो । यद्यपि महतो र मण्डल दुवै सङ्क्रमणमुक्त भइसक्नुभएको छ ।

महोत्तरीमा पछिल्लोपटक एकजना नगरप्रमुखमा पनि कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहमा सोमबार राति कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो ।

नगरप्रमुख साह आफैँले सोमबार अबेर राति आफ्नो पिसिआर जाँचको नतिजा पोजेटिभ आएको सार्वजनिक गरेका थिए । योसँगै महोत्तरीमा हालसम्म १ हजार ६०३ मा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ । रासस



प्रतिक्रिया दिनुहोस !