१५ बैशाख २०८१, शनिबार

देशभर आज थप ३५५६ जना काेराना संक्रमित थपिए

प्रकाशित मिति :  13 October, 2020 4:34 pm


काठमाडाैं, २७ असाेज । 

पछिल्लाे २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा काेराेना संक्रमण पृष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिएका छन् । देशभर १५ हजार ५ सय ७७ परीक्षणमा थप ३ हजार ५ सय ५६ जनामा काेराेना संक्रमण पृष्टि भएकाे हाे ।

देशभर अाज संक्रिय संक्रमितकाे संख्या ३५ हजार ९ सय १५ रहेकाे छ । पछिल्लाे २४ घण्टामा १ हजार ५ सय ३० जन डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेकाे संख्या ७८ हजार ७ सय ८० रहेको छ देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् ।

त्यस्तै ४ हजार ७ सय ९५ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ।

 



प्रतिक्रिया दिनुहोस !