११ बैशाख २०८१, मंगलबार

सानिमा जनरल इन्स्यारेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

प्रकाशित मिति :  16 October, 2020 1:54 pm


काठमाडौं, ३० असोज ।

सानिमा जनरल इन्स्यारेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ।कम्पनीले असोज २१ देखि २५ गतेसम्म निष्कासन गरेको २७ लाख ३० हजार कित्ता आईपीओको लागि आवेदन खुला गरेको थियो।

उक्त अवधिमा आईपीओको लागि ८ लाख ६६ हजार ९०५ जनाको आवेदन परेको थियो। जसमा दुई लाख ७३ हजार १० आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको छ।

कम्पनीले कुल ३० लाख कित्ता साधारण शेयरमध्ये सामूहिक लगानी कोषलाई एक लाख ५० हजार र कर्मचारीलाई एक लाख २० हजार शेयर बाँडफाँड गरेर बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरेको थियो।



प्रतिक्रिया दिनुहोस !