१४ बैशाख २०८१, शुक्रबार

आज दशैँकाे दाेस्राे दिन ब्रह्राचारिणी देवीकाे पुजा गरिदै

प्रकाशित मिति :  18 October, 2020 1:14 pm


काठमाडाैं, २ कार्तिक । 

आज बडादशैँकाे दाेस्राे दिन भगवती ब्रमाचारिणीकाे पुजा गरी मनाइएकाे छ । देवीका नाै रुपमध्य दाेस्राे दिन ब्रमाचारिणी भगवतीकाे पुजाआजा गरिने गरिन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।

काठमाडौं उपत्यका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालीकास्थान, शोभाभगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रायणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा पूजा हुन्छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथीभारा, गोरखाको मनकामना, सप्तरीको छिन्नमस्ता र षखडा, पोखराको विन्ध्यावासिनीसहितका मन्दिरमा पनि देवी दूर्गाको विशेष पूजा गरिन्छ ।

नवरात्रको दोस्रोदिन द्वितीया तिथि ब्रह्मचारिणी देवीलाई समर्पित छ । नवरात्रको दोस्रोदिन अर्थात् आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्नेछ ।



प्रतिक्रिया दिनुहोस !