१६ चैत्र २०८०, शुक्रबार

डेढ कराेड रुपैयाँ बराबरकाे अवैध यार्चागुम्बासहित एक जना प्रकाउ

प्रकाशित मिति :  18 October, 2020 6:10 pm


काठमाडाैं, २ कार्तिक । 

दार्चुलाकाे महाकाली नगरपालिका ४ पुलघाटबाट करिब डेढ कराेड बराबरकाे १७ किलाे ५ सय १० ग्राम यार्चागुम्बा सहित एक जना व्यक्ति प्रकाउ परेका छन् । प्रकाउ पर्नेमा हुम्ला नाम्खा गाँउपालिका ३ बस्ने ३५ बर्षिय दाेकार लामा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएकाे टाेलीले शंका लागेर चेकजाँच गर्दा उनले बाेकेकाे २ झाेला भित्र प्लाष्टिकमा पाँच वटा पाेकाे पारेर राखेकाे अवस्थामा फेला पारेर उनलाइ प्रकाउ गरिएकाे बताएकाे छ ।

फेला परेकाे यार्चागुम्बा सहित कारबाहीका लागि जिल्ला वन डिभिजन कार्यालय दार्चुला पठाइएकाे जिल्ला प्रहरी कार्यलय दार्चुलाले जानकारी दिएकाे छ ।



प्रतिक्रिया दिनुहोस !