१५ बैशाख २०८१, शनिबार

अब आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्ने

प्रकाशित मिति :  18 October, 2020 6:33 pm


काठमाडाैं, २ असाेज । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेकाे निर्णय अनुसार अब काेराेना परीक्षण गर्दा आफैले शुल्क तिर्न पर्ने भएकाे छ । तर विपन्न परिवार तथा अति अशक्तकाे हकमा काेराेना परिक्षण तथा उपचार भने सरकारले नै गर्ने मन्त्रालयका प्रबक्ता डा.गाैतमले जानकारी दिएका छन् ।

तर अग्रपङ्तिमा खटिएकाहरुकाे परीक्षण र उपचार भने सरकारले नै गर्नपर्नेछ । यस अघि सरकारले काेराेना संक्रमणकाे निशुल्क परीक्षण गर्दै आएकाे थियाे ।

आजदेखि लागु हुने गरी स्वास्थ्य मन्त्रालयले अग्रपङ्तिमा खटिएका स्वास्थयकर्मी, अस्पताल सरसफाइकर्मी लगाएयतकाे उपचार गर्ने भएकाे छ तर यदि काेराेना बिमा गरेकाे भए बीमाबाटै खर्च गर्ने निर्णय गरेकाे छ ।

 

 



प्रतिक्रिया दिनुहोस !