१५ चैत्र २०८०, बिहिबार

नेप्से परिसुचक दोहोरो अंकले बढ्यो

प्रकाशित मिति :  20 October, 2020 3:52 pm


काठमाडौं, ४ कार्तिक ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार आएको छ। हिजो सोमबार १३ अंकले सुधारिएको बजार आज पनि १२ अंकले सुधारिएको हो।

कारोबार खुलेदेखि नै उकालो लाग्न थालेको नेप्से परिसूचक आज १ हजार ५८५.८४ अंकमा पुगेर रोकिएको छ। यसक्रममा आज ४९ लाख १२ हजार कित्ता सेयर किनबेच भई १ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज नेप्सेमा कारोबार भएका सबै समूह बढेका छन्। त्यसमध्ये जीवन बीमा समूह ७३.२५ अंक र निर्जीवन बीमा समूह ५३.३५ अंकले बढेका छन् । म्यूचुअल फण्ड समूह सबैभन्दा कम ०.११ अंकले बढेको छ।

अरू समूह बढे पनि नेपाल फाइनान्स लिमिटेडको सेयर मूल्य प्रतिकित्ता९ रुपैयाँले घटेको छ।यस्तै, आज जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४४ रुपैयाँले बढेको छ।



प्रतिक्रिया दिनुहोस !