१३ बैशाख २०८१, बिहिबार

कृषि मन्त्री भुसालको घोषणा,’कृषि क्षेत्रमा राष्ट्रिय गौरव योजना’

प्रकाशित मिति :  22 October, 2020 7:42 am


काठमाडौं, ६ कार्तिक।

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले अब प्रदेशमा कम्तिमा कृषि क्षेत्र अन्तर्गत राष्ट्रिय गौरव योजना सञ्चालन हुने बताएका    छन् ।

धनुषामा प्रदेश २ को कृषि राष्ट्रिय गौरव आयोजना अघि बढाउने क्षेत्रको स्थलगत निरीक्षण गर्दे मन्त्री भुसालले यस्तो घोषणा गरेका हुन् । उनले भन,”प्रदेशमा कम्तीमा १ वटा कृषिका गौरवका योजना बनाउने सोच राखिएको छ । धनुषाको यस क्षेत्रमा प्रदेश नं २ को कृषिको गौवका योजनाका रुपमा योजना बनाउन सम्भाव्यता अध्ययन गरिने छ।”

जमिनको स्वामित्व, बजेट व्यवस्था लगायतका कुरामा स्थानीय किसानमा रहेको द्विविधा समाधान गरिने पनि मन्त्री भुसालको भनाई छ । तीनै तहको सरकारको सहभागितामा प्रदेश नं २ को कृषिको राष्ट्रिय गौरव आयोजना धनुषाको कमला नगरपालिका र जनक नन्दनी नगरपालिकामा रहने मन्त्री भुसालले जानकारी दिए ।

सहकारी वा सामुहिक खेती मार्फत सबैको जमिन उपयोग गरिने भन्दै मन्त्री भुसालले माछा पालन, तरकारी, फलफूल खेती वा अन्य प्रयोजनका लागि जमिनको प्रयोगका सम्बन्धमा पूर्व सम्भाव्यता अध्ययन गरिने बताए ।

संघ, प्रदेश र स्थानीय सरकारले जमिनको स्वामित्व किसानकै कायम रहने गरि सबै वडामा सहकारी मार्फत काम गरिने योजना मन्त्री भुसालले सुनाए ।

कृषि मन्त्रालयको मत्स्य विकास महाशाखाको टिमले फिल्ड निरिक्षण गरेर सकारात्मक राय दिएपछि मन्त्री भूसालले प्रदेश सरकार र स्थानीय तहको सहभागीतामा कमला नगरपालिका र जनक नन्दनी नगरपालिकामा पुगेर हिजो स्थलगत अध्ययन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !