८ जेष्ठ २०८१, मंगलबार

पुराना धानका बीउ संरक्षण गर्न नसकेकोमा सांसदहरुकाे चिन्ता

प्रकाशित मिति :  26 November, 2019 5:25 pm


काठमाण्डौं, मंसिर १० । संसदको  कृषिस सांसदहरुले नेपालमा प्रचलित पुराना धानका बीउ संरक्षण गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन् ।  सिंहदरबारमा मंगलबार बसेको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई पुराना धानका बीउ संरक्षण गर्न नसक्नुको कारणबारे प्रश्न गरेका हुन् ।

लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय नेपालमा उन्नत जात (हाइब्रिड) नाममा बहुराष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनाधिकृत रुपमा बढेको भन्दै रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसदले बैठकमा आग्रह गरेका हुन् ।

यसवर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके, र कैलालीमा रोपाइँ गरिएको थियो तर, धानको बाली लाग्ने वर्णशङ्कर जातको सो धान आयात गरी बिक्री वितरण गर्ने कम्पनी वा फर्मलाई नेपालको बीउबिजन ऐन, २०४५ले रु २५ हजार जरिवाना र आयात अनुमतिपत्र खारेज गर्नसक्ने सम्मको प्रावधान तोकेको छ । बी

ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले बहुराष्ट्रिय कम्पनीको बीउ आयात रहर नभइ बाध्यता भएको भन्दै मात्रा र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस !