२० बैशाख २०८१, बिहिबार

दसैँको शुभकामना सन्देशमा प्रधानमन्त्रीद्धारा पुरानै नक्सा प्रयोग, विवाद सुरु

प्रकाशित मिति :  23 October, 2020 1:00 pm


काठमाडौं, ७ कार्तिक। 

प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालवबाट दिएको बडादसैँको शुभकामना सन्देशमा पुरानै नेपालको नक्सा प्रयोग गरिएको छ ।

प्रधानमन्त्री ओलीबाट आज आएको शुभकामना सन्देशको निशान छापमा लिपुलेक लिपियाधुरा कालापानी हटाईएपछि विवाद सुरु भएको छ । भारतीय गुप्तर निकाय र का प्रमुखसँग भेट भएको दोस्रो दिन नै प्रधानमन्त्रीले नै पुरानै नक्सा भएको निशान छापसहितको लोगो प्रयोग गरेपछि चौतर्फी विवाद सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ट्वीटरमा मेन्सन गर्दै भनेका छन्,”लिम्पियाधुरा रहित नेपालको नक्सा प्रयोगलाई सामान्य त्रुटि कसरी मानौं सम्माननीय प्रधानमन्त्री ज्यू ? गम्भीर विमती दर्ज होस् ! देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?”

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने चुच्चासानो भएकाले नक्साको चुच्चो नदेखिएको दाबी गरेका छन् । प्रेस सल्लाहकार थापाले लुम्बिनी सञ्चारसँग भने,”सामाजिक सञ्जालमा अनावश्यक विवाद गरिरहेका छन् । यो भारतीय गुप्तचर प्रमुखलाई भेटेको कुरासँग जोडेर बदनाम गर्न खोजिएको हो । त्यो नक्सामा लिम्पियाधुरा छ, सानो भएर नदेखिएको हो,मानिसहरु अनावश्यक हल्ला गरिरहेका छन्।” तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यस्तो तर्क गरेपनि पुरानै निशान छाप भएको प्रष्ट देखिन्छ ।

गत जेठ २ गते संसदमा पेश गरेको नीति तथा कार्यक्रममा सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भू-भाग समेटेर नयाँ नक्सा जारी गर्ने घोषणा गरेको थियो। घोषणा अनुसार संविधानको निशान छापमा भएको नक्सा परिवर्तन गर्न संविधान संशोधन गरियो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट संविधान संशोधन सर्वसम्मत पारित भएपछि जेठ ७ गते भूमि व्यवस्था मन्त्री पद्मकुमारी अर्यालले नयाँ नक्सा सार्वजनिक गरेकी थिईन् । नयाँ नक्सा समावेश गरेको पुस्तक प्रधानमन्त्रीको निर्देशनमा रोकिएको भनिएका बेला फेरि शुभकामना सन्देशमा समेत पुरानै नक्सा समावेश गरिएको निशान छाप प्रयोग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !