६ जेष्ठ २०८१, आइतबार

देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि, १७ जनाको मृत्यु

प्रकाशित मिति :  23 October, 2020 4:37 pm


काठमाडौं, ७ कार्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप ४हजार ४ सय ९९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १६ हजार ८ सय ६३ नमुना परीक्षण गर्दा ४ हजार ४ सय ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ पुगेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका अस्पतालबाट दुई हजार ६६८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख पाँच हजार ४८८ जना डिस्चार्ज भएका छन् ।
देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २१० जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या ८ सय २९ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

 



प्रतिक्रिया दिनुहोस !