६ जेष्ठ २०८१, आइतबार

वरिष्ठ पत्रकार विनय कसजूको निधन

प्रकाशित मिति :  26 November, 2019 6:03 pm


काठमाण्डौं, मंसिर १० । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो।
सूचना आयोगका संस्थापक प्रमुख आयुक्त कसजूले सूचना हक तथा सूचना आयोगको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

पाल्पाको तानसेनमा सन् १९४७ जुलाई १८ का दिन जन्मेका कसजुको बाल्यकाल गुल्मीको रिडीमा बितेको थियो।

ऊहाँले सन् १९९६ देखी १९९९ नेपाल प्रेस काउन्सिलको सल्लाहकारका रूपमा काम गर्नु भएको थियो । राष्ट्रिय समाचार समितिको बोर्डको सदस्यको रूपमा र मानव अधिकार आयोग र इन्सेकको सल्लाहकारका रूपमा पनि उहाँले काम गर्नुभएको थियो ।



प्रतिक्रिया दिनुहोस !