४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टिका ग्रहण

प्रकाशित मिति :  26 October, 2020 5:15 pm


काठमाडौं, १० कार्तिक ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँको टीका लगाएका छन् ।

दिउँसो दसैँको टीका लगाउन प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित राष्ट्रपति निवास शीतलनिवास पुगेका थिए । प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्यले पनि राष्ट्रपतिबाट दसैँको टीका लगाएकी छन् ।

बुबा मोहनप्रसाद ओली गृह जिल्ला झापामा रहेकाले प्रधानमन्त्रीले शुभसाइतमा सरकारी निवास बालुवाटारमा टीका लगाएका थिएनन् । उनले बालुवाटारमा पत्नी राधिका शाक्यलाई मात्र दसैँको टीका लगाइदिएका थिए ।

फोटो : प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस !