२७ बैशाख २०८१, बिहिबार

गण्डकी प्रदेशमा ११३ जना कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  28 October, 2020 4:14 pm


काठमाडौं, १२ कात्तिक ।
गण्डकी प्रदेशमा बुधबार थप ११३ जना कोरोना संक्रमित थपिएका छन् । पोखरा महानगरपालिकामा ७९ जना सहित गण्डकी प्रदेशमा ११३ जना कोरोना संक्रमित थपिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जसमध्ये नवलपरासीमा १६, स्याङ्जामा १२, तनहुँ, गोरखामा ३÷३ र मुस्ताङमा १ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !