१७ बैशाख २०८१, सोमबार

६ महिनासम्म निस्कृय रहे ट्वीटर एकाउन्ट डिलट हुने

प्रकाशित मिति :  27 November, 2019 8:51 pm


काठमाडाैं, ११ मंसिर

फेसबुकपछि सामाजिक संजालमा ट्वीटर लाेकप्रिय छ । तर नेपालमा प्रयाेगकर्ताहरू ट्वीटर एकाउन्ट खाेलेर राख्ने तर लामाे समय नचलाउने उपभाेक्ताकाे संख्या उल्लेख्य छ । अब भने यस्ता उपभाेक्ताले हाेसियार रहनु पर्ने भएकाे छ । कीनकी अब ट्वीटर एकाउन्ट लामाे सम्म नचलाए डिलिट हुने भएकाे छ ।

ट्विटरले निश्क्रिय भएका एकाउन्ट यूजर्सलाई ईमेल पठाउँदै त्यस्ता ट्विटर एकाउन्टमा एक्सन लिन लागेको अन्तराष्ट्रिय संचार माध्यमहरूमा खबर छन् । हालै आएको रिपोर्टअनुसार ट्विटरले आगामी डिसेम्बर ११ देखि ती एकाउन्टहरु फ्रि गर्ने र सो नामहरु अन्य नयाँ प्रयाेगकर्ताले समेत प्रयोग गर्न सक्ने बनाउन लागेको हो ।

ट्विटरका प्रवक्ताले सो कार्य शुरु भएको र एक्सन लिन लागिएको बताएका छन् । ”सार्वजनिक कुराकानीलाई सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धताको एक भागको रुपमा हामी निष्क्रिय एकाउन्टहरु क्लिनअप गरिरहेका छौं, यसले ट्विटरलाई थप सुनिश्चित, विश्वसनिय सुचना मानिसहरुका लागि गर्नेछ,” प्रवक्ताले भनेका छन् । यो कार्यले मानिसहरुलाई सक्रिय लगइन गर्न र ट्विटर प्रयोग गर्न उत्साहित गर्ने उनको भनाई छ ।

यद्यपी यस्तो निष्क्रय एकाउन्टहरु हटाउन महिनौं लाग्नसक्ने बताईएको छ । यदि तपाईँपनि कुनै निष्क्रिय यूजरनेम खोजिरहनुभएको छ भने यो तपाईँको लागि अवसर हुन सक्दछ । त्यस्तै यदि तपाईँको एकाउन्ट ट्विटरमा छ तर विगत ६ महिनादेखि निश्क्रय छ भने तत्काल सक्रिय हुनुस् नत्र ट्विटरले तपाईँको एकाउन्ट हटाएर यूजर नेम खाली गरेर अन्य नयाँ यूजरलाई दिनेछ ।



प्रतिक्रिया दिनुहोस !