८ बैशाख २०८१, शनिबार

देशभर थप ३० ५१ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

प्रकाशित मिति :  5 November, 2020 4:46 pm


काठमाडौं, २० कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । देशभरमा १३ हजार ६८ नमुना परीक्षण गर्दा ३ हजार५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमध्ये १२०९ जना महिला र १८४२ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५सय १४ रहेको छ भने अहिले सम्म जम्मा संक्रमितको संख्या १ लाख ८५सय ९ सय ७४ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ४सय ३० जना डिस्चार्ज भएका छन् भने हालसम्म एक लाख ४८ हजार ४०८ जना डिस्चार्ज भएका छन् ।

देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ४२८ जना आईसीयूमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

१८ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो २४ घण्टाको तत्थ्यांक अनुसार एक दिनमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म देशभर मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !