२६ बैशाख २०८१, बुधबार

देशभर थप २९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि, १८ जनाको मृत्यु

प्रकाशित मिति :  6 November, 2020 5:09 pm


काठमाडौं, २१ कात्तिक ।

पछिल्लो २४ घण्टामा देशभर थप २९ सय ९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यो सँगै हालसम्म देशभर कोरोना संक्रमण हुनेको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ४ हजार ५सय जना डिस्चार्ज भएका छन् भने हालसम्म एक लाख ५२ हजार ९०८ जना संक्रमित डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयको तत्थ्यांक अनुसार पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !