१५ चैत्र २०८०, बिहिबार

मौसम अनुकूल हुदा सिरहा र सप्तरीमा धान उत्पादन बढ्यो

प्रकाशित मिति :  30 November, 2020 12:59 pm


paddy rice seed in a Burlap sack.

सिरहा, १५ मंसिर ।
सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।

समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिए ।

यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले १ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताए । गत वर्ष प्रतिहेक्टर २ दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो ।

यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उनले बताए । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !