१६ बैशाख २०८१, आइतबार

कृषि विकास बैंकद्धारा शेयरधनीलाई लाभांश घोषणा

प्रकाशित मिति :  14 December, 2020 2:34 pm


काठमाडौं, २९ मंसिर ।

कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

सोमबार आज बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसैगरी बैंकले नेपाल सरकारले हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !