१३ बैशाख २०८१, बिहिबार

सबै भन्दा बढी तलब खानेमा स्वीस नागरिक, अमेरिका पाँचाैमा

प्रकाशित मिति :  7 December, 2019 11:51 am


काठमाडाैं, २१ मंसिरन्दा

जागिर खानु विश्वका नागरिककाे इच्छा र आवश्यकता दुबै हाे । यसाे हाे भने विश्वमा कुन मुलुकमा सबैभन्दा बढी तलब खान पाउछन् हाेला त कर्मचारीले ? सबैभन्दा बढि तलब खानेमा स्वीट्जरल्याण्ड । विश्व व्यापारकाे केन्द्र रहेकाे अमेरिका भने दशाैं स्थानमा छ ।

कलेजबाट निक्लिएपछि राम्रो तलब सहितको जागिर पाउने सपना जो कोहीमा पनि हुने गर्छ । केहीको राम्रो वातावरण सहितको जागिर खाने धोको हुन्छ भने कसैको राम्रो तलब भए आफूलाई राम्रो हुने धारणा रहेको हुन्छ । पढाइ सकाएपछि यी देशमा जागिर खान जानका लागि राम्रो हुन्छभनेर खाेज्ने तन्नेरी पनि विश्वभर टन्नै छन् । बढी तलब दिने १० मुलुक यस्ता छन् ।

१.स्वीट्जरल्यान्ड

विश्वमै सबै भन्दा बढी तलब दिने मुलुककाे रूपमा रहेकाे स्वीट्जरल्यान्डमा औसत आम्दानी ८० हजार डलर रहेको छ । यससँगै करपछि बढी खर्च योग्य आम्दानी भएको देशमा पर्ने याे मुलुक युरोपमा राम्रो सामाजिक संरचना भएको मुलुक हो । स्वीट्जरल्यान्डमा नागरिककाे आयमा ३० प्रतिशतको आय कर लगाउने गरिएकाे छ ।

२. नर्वे
बढी तलब दिने मामिलामा द्राेस्राे मुलुक नर्वे रहेको छ जहाँकाे नागरिकलाइ औसत वार्षिक ७८ हजार डलर भुक्तानी गरिन्छ । वर्षेणी नर्वे विश्वमै बस्नका लागि र खुुसी मुलुकको सूचीमा पर्ने गरेको छ ।

३. आयरल्यान्ड
आयरल्यान्डको जीडीपी प्रति व्यक्ति आय ७० हजार डलर रहेको छ । यो आय सहित यो मुलुक शीर्ष धनी १० मुलुकको सूचीमा जहिले पर्ने गरेकाे छ ।

४.लक्जेम्बर्ग
यो सानो युरोपेली मुलुक एक पटक युरोपमा सबै स्टिल मिलको केन्द्रको रुपमा रहेको थियो । यो मुलुक अभैmपनि स्टिल, म्यानुफ्याक्चरिङ र अन्य औद्योगिक काममाथिनै निर्भर रहदै आएको छ । बढी तलब दिने मामिलामा यो मुलुक चौथो स्थानमा रहेको छ । यो देशले वार्षिक औसतमा ६९ हजार डलरको तलब दिँदै आएको छ ।

५. अमेरिका
अमेरिका आर्थिक महाशक्ति भएको कुरा दुईमत छैन । तर बढी तलब दिने मामिलामा समेत यो मुलुक पाँचौमा छ । यो मुलुकका नागरिकले वर्षमा औसत ५७ हजार डलरको तलब बुझ्दै आएका छन् ।

६.अस्ट्रेलिया
यो मुलुक आर्थिक शक्तिको रुपमा रहदै आएको छ र न्यूनतम तलब दिने मामिलामा पनि सरकार उदार देखिएको छ । अस्ट्रेलियाको औसत वार्षिक आय ५५ हजार डलर रहेको छ । यो साताको बाध्यात्मक ३५ घन्टाका लागि खराब होइन ।

७.डेनमार्क
डेनमार्कको वार्षिक औसत आम्दानी पनि ५० हजार डलरको उच्च रहेको छ । सामाजिक सुरक्षाको अवस्था राम्रो भएकाले खर्च योग्य यो आम्दानी पनि कम होइन ।

८.नेदरल्यान्ड
नेदरल्याण्डकाे वार्षिकऔसत तलब ४८ हजार डलर रहेको छ । करपछिको यो आम्दानी खर्च गर्नका लागि पर्याप्त मानिन्छ । नेदरल्यान्डमा भाडा दर उच्च रहेको छ । तर कमाइभने भाडा तिर्न सक्नेगरी छ ।

९.क्यानडा
राम्रो सुख सुविधाका लागि कैयौको संख्यामा मानिसहरु क्यानडातर्फ आप्रवासनमा जाने गर्छन् । क्यानडाले राम्रो रोजगारीको अवसर दिँदै आएको छ । यहाँका नागरिकहरुले पनि वार्षिक औसतमा ४५ हजार डलरको तलब बुझ्दै आएका छन् ।

१० संयुक्त अधिराज्य
संयुक्त अधिराज्यको ७५ प्रशितको श्रमबल सेवा उद्योगमा काम गर्दै आएका छन् । यसको अर्थतन्त्रमा स्कटल्यान्ड, आयरल्यान्ड र पर्यटनले राम्रो सहयोग गर्दै आएको छ । याहाँका नागरिकहरुको वार्षिक औसत तलब ४५ हजार डलर रहेको छ । याहाँका नागरिकहरुले २५ प्रतिशतको आय कर तिर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !