८ बैशाख २०८१, शनिबार

कोरोना संक्रमणबाट पोखरामा २ जनाको मृत्यु

प्रकाशित मिति :  24 December, 2020 2:17 pm


काठमाडौं, ९ पुष ।
पोखरामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । तनहुँ जिल्ला म्याग्दे गाउँपालिका(५का ७३ वर्षीय कोरोना संक्रमित पुरुष र स्याङ्जा फेदीखोला गाउँपालिका–१ निवासी कोरोना संक्रमित ७४ वर्षीया महिलाको मृत्यु भएको गण्डकी स्वस्थ्य निर्देशनालयले जनाएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा कोभिड(१९ उपचार केन्द्रमा उपचाररत तनहुँका ७३ वर्षीय पुरुषको बुधबार साँझ ५.२० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए ।

उनलाई बिहीबार नै कोरोना संक्रमण पुष्टि भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनमा प्रेसर सहित अन्य दीर्घ रोगहरु समेत रहेको बताइएको छ ।

त्यस्तै कोरोना संक्रमित स्याङ्जाकी ७४ वर्षीय महिलाको पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड(१९ उपचार केन्द्रमा उपचारकै क्रममा बुधबार राति ८.२० बजे मृत्यु भएको हो । पुन ५ गते कोरोना संक्रमण पुष्टि भई केन्द्रमा उपचारकै क्रममा उनको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक शर्माले जानकारी दिए ।

यससंगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९० पुगेको निर्देशनालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !