२३ बैशाख २०८१, आइतबार

सिटी एक्सप्रेसबाट पैसा पठाउदा दिपकले जिते २ लाख उपहार

प्रकाशित मिति :  28 December, 2020 3:31 pm


काठमाडौं, १३ पुस ।

सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमाआयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले २ लाख जित्न सफल भएका छन् ।

उक्त योजनाअन्तर्गत दुबईको अलफर्दानएक्सचेन्ज बाट सिटी एक्सप्रेस मार्फत पैसा पठाउदा दोस्रो बिजेता २ लाख जित्न सफल भएका हुन् । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिएको थियो जसअन्तर्गत सिटी एक्स्प्रेस बाट पैसा पठाएर ८ जनाले कलर टिभी, ४ जनाले माईक्रोवेभ ओभन, ४ जनाले ब्लेन्डर, ५ जनाले राईस कुकर तथा ६ जनाले ईलेक्ट्रिक कित्ली जस्ता घरेलु उपयोगका सामान जित्न सफल भएका छन् ।

बिगत १४ वर्ष देखिसंसार भरबाट विप्रेषण सेवाप्रदानगर्दै आइरहेको सिटी एक्सप्रेस आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षिततरिकाले भुक्तानीप्रदानगर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदानगर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !