१२ श्रावण २०८१, शनिबार

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा अग्निसाईरमा विस्तार

प्रकाशित मिति :  28 December, 2020 4:45 pm


सप्तरी, १३ पुस ।

सनराइज बैंक लिमिटेडले सप्तरी जिल्लाको अग्निसाईर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनी, सप्तरीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

प्रश्वनीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५७ पुगेको सन्राइज बैंकले जानकारी दिएको छ ।

शाखा विस्तार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा अग्निसाईर कृष्णासवरण गाँउपालिका उप–प्रमुख मिना चौधरी, अग्निसाईर कृष्णासवरण गाँउपालिका वडा नं. ४ का अध्यक्ष महेश कुमार यादब, निवर्तमान गा.वि.स अध्यक्ष बदि« नारायण चौधरी, सन्राइज बैंक प्रदेश नं २ का प्रमुख  रोहित कुमार महाशेठ, राजबिराज शाखाका शाखा प्रबन्धक मुकेश कुमार शाह र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !