१६ बैशाख २०८१, आइतबार

ट्रकको ठक्कर पछि तनावग्रस्त कोहलपुरमा कर्फ्यू

प्रकाशित मिति :  8 December, 2019 4:02 pm


काठमाडौँ,  २२ मंसिर

ट्रकले बालिकालाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि तनावग्रस्त कोहलपुरमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको बताए ।

कोहलपुर केन्द्र बनाएर उत्तरतर्फ नौबस्ता, दक्षिणतर्फ बपिपरीचोक, पश्चिमतर्फ किरण खोला र पूर्वतर्फ रोहीनी खोलासम्म लागु हुनेगरी कर्फ्यू लगाइएको उनले बताए । अहिले प्रहरीले कर्फ्यूबारे माइकिङ गरिरहेको छ ।

ट्रकको ठक्करले विद्यार्थीलाई घाइते बनाएपछि आन्दोलनले उग्ररुप लिएको हो । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएपछि केही घाइते भएका छन् । प्रदर्शनकारीको ढुंगा र प्रहरीको गोली लागेर दुवैतर्फका २४ जना घाइते भएका छन् ।

आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिँदा कोहलपुरकी १२ वर्षीया प्रकृति चन्द गम्भीर घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाएका छन् ।



प्रतिक्रिया दिनुहोस !